बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
२०८३ श्रावण ६, बुधबार १७:४७
बैंकिङ कसुरसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल।
काठमाडौं, ६ साउन
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको पुष्टि गरेका छन्।
प्रवक्ता जबराका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। सोही मुद्दाका सिलसिलामा उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइएको उनले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





