सत्य, निष्पक्ष र विश्वसनीय

बुटवलबाट रिभल्वर र पाँच राउण्ड गोलीसहित एक पक्राउ

न्युज डेस्क
२०८३ श्रावण ६, बुधबार २१:३२

सिरहाको लहानबाट प्रहरीले ६५२ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित एउटा पिकअप गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ। बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रुपन्देही, ६ साउन
रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिका–१ नयाँ बसपार्क क्षेत्रबाट एक थान रिभल्वर र पाँच राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाको आधारमा शंकास्पद रूपमा हिँडिरहेका मकवानपुर बागमती गाउँपालिका–१ का २६ वर्षीय रिशम तुडिखेल मगरलाई खानतलासी गर्दा उनीसँग रहेको एक थान रिभल्वर (थान–१) र पाँच राउण्ड गोली बरामद गरिएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको स्थायी ठेगानाबाट समेत थप एक थान रिभल्वर (थान–१) बरामद गरेको जनाएको छ।

पक्राउ परेका मगरविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?