नारायणी अस्पताल प्रकरणपछि पर्सा प्रहरी नेतृत्व फेरियो, एसपी सुदीप राज पाठकको सरुवा
वीरगञ्ज, १३ साउन
पर्साका प्रहरी प्रमुख सुदीप राज पाठक को सरुवा भएको छ। स्रोतका अनुसार उनलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा पवन भट्टराई लाई पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा पठाउने तयारी गरिएको छ।
स्रोतका अनुसार नारायणी अस्पतालमा उपचारका क्रममा भएको कथित लापरवाहीपछि उत्पन्न विवाद तथा जिल्लामा देखिएका अन्य संवेदनशील घटनाको पृष्ठभूमिमा पर्साको प्रहरी नेतृत्व परिवर्तन गरिएको हो। यद्यपि, नेपाल प्रहरीले सरुवाको आधिकारिक कारण भने सार्वजनिक गरेको छैन।

एसपी पाठकको कार्यकालमा जिल्लामा भएका केही संवेदनशील घटनाको व्यवस्थापन तथा प्रहरीको भूमिकालाई लिएर विभिन्न तहबाट प्रश्न उठ्दै आएका थिए। पछिल्लो समय नारायणी अस्पतालसँग सम्बन्धित घटनाले व्यापक चर्चा पाएपछि प्रहरी नेतृत्व परिवर्तन गरिएको स्रोतको दाबी छ।
यस विषयमा नेपाल प्रहरीबाट औपचारिक धारणा वा सरुवाको कारण सार्वजनिक हुन बाँकी रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





