सत्य, निष्पक्ष र विश्वसनीय

स्रोत नखुलेको २ लाख ९ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना पक्राउ

न्युज डेस्क
२०८३ श्रावण १७, आईतवार १०:४३

वीरगञ्ज, १७ साउन
पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा इलाका प्रहरी कार्यालय जानकीटोलाको टोलीले विशेष सूचनाका आधारमा शनिबार ना.१० प ४४६९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ घर भई हाल चितवनको माडी नगरपालिका–९, हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमडुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय ५०० दरका ३१६ थान, २०० दरका ७५ थान र १०० दरका ३६५ थान गरी कुल २ लाख ९ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको छ।

बरामद रकम तथा मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?