सन् २०२६ का लागि तीन नयाँ मिस नेपाल घोषित
सन् २०२६ का लागि नयाँ मिस नेपालहरू : मिस नेपाल वल्र्ड दीपमाला खनाल, मिस नेपाल कस्मो कशिश सुब्बा र मिस नेपाल इन्टरनेसनल आर्या निशान्त।
काठमाडौं, १७ साउन
लुकले सन् २०२६ का लागि तीन नयाँ मिस नेपाल प्राप्त गरेको छ। शनिबार सम्पन्न ग्रान्ड फिनालेबाट दीपमाला खनालले मिस नेपाल वल्र्ड, कशिश सुब्बाले मिस नेपाल कस्मो र आर्या निशान्तले मिस नेपाल इन्टरनेसनलको उपाधि जितेका छन्।
उपाधि विजेता तीनै जनाले यस वर्षको अन्त्य तथा आगामी वर्षको सुरुवातमा आयोजना हुने सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

मिस नेपाल वल्र्डको उपाधि विजेता दीपमाला खनालले यसपटक विशेष उपलब्धिसमेत हासिल गरेकी छन्। उनले यसअघि मिस नेपाल हङकङको उपाधि जित्दै मुख्य मिस नेपालको प्रतिस्पर्धामा प्रवेश गरेकी थिइन्। मिस नेपाल वल्र्डको उपाधि जितेसँगै उनी पहिलो एनआरएन मिस नेपाल बनेकी छन्।
दीपमालाले फिनालेमा चार सहविधाको उपाधि जित्दै अर्को कीर्तिमानसमेत कायम गरेकी छन्। त्यस्तै, मिस नेपालको डायस्पोरा अनुबन्धित पेजेन्ट जितेर मुख्य मिस नेपाल प्रतियोगिताको उपाधि जित्ने उनी पहिलो प्रतिस्पर्धी बनेकी छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





