पर्सामा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोप, एक जना प्रहरी नियन्त्रणमा
वीरगञ्ज, १७ साउन
पर्सामा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
प्राप्त जानकारीअनुसार, बालिका एक वरिष्ठ अधिवक्ताको घरमा घरेलु काम गर्दै आएकी थिइन्। घरमा अन्य सदस्य नभएको समयमा अधिवक्ताको अध्ययनरत निखिलसिंह राजपुतले बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको हो।

घटनापछि बालिकाले छिमेकीको घरमा पुगेर सहयोग मागेपछि प्रहरीलाई घटनाबारे जानकारी गराइएको बताइएको छ। त्यसपछि प्रहरीले राजपुतलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
पीडित पक्षले प्रहरीमा निवेदन दर्ता गराइसकेको जनाएको छ। बालिकाका बुवाले आफूलाई मुद्दा मिलाउन रकमको प्रलोभन दिइएको दाबी गर्दै कुनै पनि सम्झौता नगरी घटनामा दोषी देखिए कानुनबमोजिम कारबाही र पीडितलाई न्याय दिन माग गरेका छन्।
बालबालिकासम्बन्धी मुद्दामा हिरासतमा राखेर आरोपितमाथि थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





