१० लाखको करदाता प्रोत्साहन उपहार कञ्चनपुरका उपभोक्तालाई
काठमाडौं, २२ साउन
करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ।
योजनाअन्तर्गत कञ्चनपुरको पुनर्वासस्थित शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ। उनले गत ७ साउनमा उक्त सामान खरिद गरेका थिए।
यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँको उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागले शुक्रबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी उपहार विजेताहरूको विवरण सार्वजनिक गरेको हो।
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले उपहार योजना सञ्चालन गरिएको विभागले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





