सत्य, निष्पक्ष र विश्वसनीय

छपकैयामा २०० बिरुवा रोपियो, वातावरण संरक्षणमा सशस्त्र प्रहरी र ग्रीन सिटीको सहकार्य

न्युज डेस्क
२०८३ श्रावण २२, शुक्रबार २३:०४

वीरगञ्ज २२ साउन
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१, छपकैया स्थित बबिता पराजुली आधारभूत विद्यालय तथा छठघाट परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपिएका छन्। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले वृक्षारोपणलाई एकदिने अभियानमा सीमित नगरी रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आगामी पुस्तालाई स्वच्छ, हराभरा र स्वस्थ वातावरण हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका थिए।

साथै, सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?