सत्य, निष्पक्ष र विश्वसनीय

बाढी प्रभावित परिवारलाई महानगरले सहयोग गर्ने

न्युज डेस्क
२०८३ आश्विन ५, सोमबार ०४:३५

वीरगन्ज, ५ असोज
वीरगन्ज महानगरपालिकाले पर्साबाट भोटेकोशी बाढीमा परी बेपत्ता भएका परिवारलाई आवश्यक सहयोग गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज बाढीमा परी बेपत्ता भएका वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरका छ परिवारलाई भेटेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रभावित परिवारसँग बेपत्ताको अवस्था, खोजीका क्रममा भएका प्रयास तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको थियो । प्रमुख सिंहले बाढीमा परी बेपत्ता भएकाहरूका परिवारलाई महानगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

बेपत्ता हुनेमा वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरका २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?