सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा होटलभित्र चक्कु प्रहार, एक युवक घाइते; आरोपित पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक २, आईतवार ०४:५७

वीरगञ्ज, १ कार्तिक

वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिर पछाडि रहेको एक होटलमा गएराति चक्कु प्रहार हुँदा एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार, होटलमा भएको चक्कु प्रहारको घटनापछि प्रहरीले तत्कालै सक्रियता देखाउँदै आरोपित युवकलाई नियन्त्रणमा लिएको हो। घटनालगत्तै मन्दिर पछाडिको क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भए पनि प्रहरीको सक्रियतामा स्थिति नियन्त्रणमा लिइएको थियो।

घटना राति अबेर भएकाले घाइते युवक र पक्राउ परेका आरोपितको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन। घटनाको कारणबारे समेत विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

घटनापछि पर्सा प्रहरीले गहवामाई मन्दिर आसपास तथा मेला क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। श्रद्धालु, स्थानीय बासिन्दा तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी थप सतर्क बनेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?