सत्य, निष्पक्ष र विश्वसनीय

दुर्घटनामा घाइते युवकको मृत्युपछि जनकपुरको प्रादेशिक अस्पतालमा ढुंगामुढा

न्युज डेस्क
२०८३ कार्तिक २, आईतवार १३:२९
दुर्घटनामा घाइते युवकको मृत्युपछि जनकपुरको प्रादेशिक अस्पतालमा ढुंगामुढा

जनकपुरधाम, १ कार्तिक
धनुषामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले प्रादेशिक अस्पताल जनकपुरमा ढुंगामुढा गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरियापुलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका थिए। दुर्घटना हिजो दिउँसो करिब २ बजे भएको थियो।

दुर्घटनामा घाइते भएका जनकपुरधाम उपमहानगरपालिका–१७ निवासी १८ वर्षीय सुजित यादवको उपचारका क्रममा गएराति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

युवकको मृत्युपछि उपचारमा ढिलाइ भएको आरोप लगाउँदै मृतकका आफन्तसहित झण्डै तीन दर्जनको समूहले अस्पतालको मुख्य गेटमा ढुंगामुढा गरेको जनाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम–१७ निवासी २० वर्षीय गणेशकुमार यादवलाई नियन्त्रणमा लिएको छ।

घटनापछि अस्पतालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?