सत्य, निष्पक्ष र विश्वसनीय

लागू औषध ट्रामाडोल ७२०८० क्याप्सुल सहित दुई जना पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक ३, सोमबार २०:४१

काठमाडौं , २ कार्तिक

काठमाडौं प्रहरीले लागू औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८३ साल ७ महिना २ गते बिहान करिब ४:३० बजे दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा. २० च. ७५८८ नम्बरको कारको पछाडिको डिकीमा लुकाइछिपाइ ल्याइएको ७२०८० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। उक्त लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा बारा जिल्ला, कलैया उपमहानगरपालिका–२३ कोइरियाका २७ वर्षीय सुदिप पटेल र पर्सा जिल्ला, वीरगञ्ज उपमहानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?