सत्य, निष्पक्ष र विश्वसनीय

राष्ट्रिय मुक्ति पार्टी छाडेर रास्वपामा प्रवेश गरे नेजामुद्दिन शमानी

न्युज डेस्क
२०८३ कार्तिक ६, बिहीबार १३:४६
राष्ट्रिय मुक्ति पार्टी छाडेर रास्वपामा प्रवेश गरे नेजामुद्दिन शमानी

वीरगञ्ज, ५ कार्तिक
राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

शमानीले रास्वपाको आधिकारिक अनलाइन प्रणालीमार्फत पार्टीको साधारण सदस्यता लिएका हुन्। आगामी स्थानीय तह निर्वाचनमा पर्साको पोखरिया नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने उद्देश्यसहित उनी रास्वपामा प्रवेश गरेको बताइएको छ।

शमानीले आफू पार्टीमा पार्श्व प्रवेश (ल्याटरल एन्ट्री) को तयारीमा रहेको बताएका छन्। उनी लामो समयदेखि लायन्स क्लबमार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।

रास्वपामा उनको प्रवेशसँगै पोखरिया नगरपालिकाको आगामी स्थानीय निर्वाचनमा उनको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?