अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाखको क्षति
बाँके, ५ कार्तिक
बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयल ट्यांकीमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब १ः३० बजे ट्यांकीमा आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको छ। नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





