लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ
रूपन्देही, १० कार्तिक
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ परेका छन्। उनलाई प्रहरीले गएराति घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिएका छन्।
चौधरीका अनुसार लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्तिको विरोध गरेको भन्दै प्रहरीले खाँलाई मध्यराति पक्राउ गरेको हो।

आनी छोइङ उपाध्यक्षमा नियुक्त भएदेखि नै लुम्बिनी बचाउ महाअभियानले विरोध गर्दै विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आफ्ना संयोजकलाई मध्यराति पक्राउ गरिएको घटनाप्रति महाअभियानले आपत्ति जनाउँदै सरकारको कदमको कडा शब्दमा भर्त्सना गरेको छ। साथै, अभियानले खाँलाई निःशर्त रिहा गर्न माग गरेको छ।
खाँलाई पक्राउ गर्नुको आधिकारिक कारण र उनीमाथि लगाइएको आरोपबारे भने प्रहरीले औपचारिक जानकारी दिएको विवरण प्राप्त भएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





