सत्य, निष्पक्ष र विश्वसनीय

स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १७, सोमबार १५:०६

रौतहट, १६ कात्तिक

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट प्रहरीले उक्त रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

मिति २०८३ कात्तिक १६ गते दिउँसो करिब १२:२० बजे बाराबाट रौतहटतर्फ जाँदै गरेको BR05AF3787 नम्बरको भारतीय मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गरेको थियो ।

प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा त्यसको फिल्टरभित्र लुकाइछिपाइ राखिएको स्रोत नखुलेको १० लाख रुपैयाँ फेला पारेको थियो ।

प्रहरीका अनुसार बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन् ।

रकमसहित मोटरसाइकल चालक भारतको बिहार राज्य, मोतिहारी जिल्ला, घोडसन ग्राम निवासी अन्दाजी ३३ वर्षीय टुना दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद रकम, मोटरसाइकल र पक्राउ परेका दासलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?