सत्य, निष्पक्ष र विश्वसनीय

६३५ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

न्युज डेस्क
२०८३ मंसिर २, मंगलवार ०८:२८

काठमाडौं , १ मंसिर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५ ग्रामभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ रहेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, सानो गौचरले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार झाङ आइतबार राति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाडौं आएका थिए । विमानस्थलमा जाँच गर्ने क्रममा उनले भित्री वस्त्रमा प्लास्टिकले बेरेर अर्धठोस आकारमा सुन लुकाएर ल्याएको फेला परेको हो ।

विमानस्थलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज नेउपानेका अनुसार बरामद सुनको तौल ६३५.९६ ग्राम रहेको छ ।

पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?