सत्य, निष्पक्ष र विश्वसनीय

पत्रकार राजन कुमार सिंहमाथि कुटपिट र अपहरण प्रयासको आरोप, दोषीलाई कारबाही गर्न प्रेस चौतारीको माग

न्युज डेस्क
२०८३ मंसिर २, मंगलवार १८:२४

वीरगञ्ज , १ मंसिर

पर्साको वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीमा पत्रकार राजन कुमार सिंहमाथि कुटपिट तथा अपहरणको प्रयास भएको भन्दै प्रेस चौतारी नेपाल, पर्साले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रेस चौतारी नेपाल, पर्साद्वारा जारी प्रेस विज्ञप्तिअनुसार दैनिक जागरण पत्रिकाका सम्पादक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य राजन कुमार सिंहमाथि २०८३ साल कार्तिक ३० गते राति करिब ९ः३० बजे वीरगञ्ज महानगरपालिका–१५ भेडियाही गाउँदेखि हनुमान चोक नजिकै कुटपिट तथा जबर्जस्ती लैजाने प्रयास भएको आरोप लगाइएको छ।

विज्ञप्तिमा मुकेश कुमार शराफ, पिताम्बर कुमार शराफ, नरेश भन्ने चन्दन कुमार शराफ, गणेश भन्ने रवि कुमार शराफ र उमेश भन्ने राजन शराफलगायतका व्यक्तिहरूले संयुक्त रूपमा पत्रकार सिंहमाथि आक्रमण गरेको उल्लेख गरिएको छ।

पत्रकारमाथि भएको भनिएको यस घटनालाई प्रेस चौतारी नेपाल, पर्साले गम्भीर रूपमा लिएको जनाएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिएका व्यक्तिहरूमाथि प्रचलित ऐन–कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रेस चौतारी नेपाल, पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथि हुने आक्रमण, धम्की तथा दुव्र्यवहारका घटनामा सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?