ललितपुरबाट १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ
२०८३ मंसिर २, मंगलवार १९:०१
काठमाडौं, १ मंसिर
ललितपुरबाट प्रहरीले ठूलो परिमाणमा नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई १ करोड ६७ लाख ३३ हजार २२० रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई बा।प्र। १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





