सत्य, निष्पक्ष र विश्वसनीय

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने , एक जना पक्राउ

न्युज डेस्क
२०८३ मंसिर ७, आईतवार १०:४७

मोरङ, ६ मंसिर

मोरङको लेटाङ नगरपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानीप्रसाद लम्साल रहेका छन्।

प्रहरीका अनुसार २०८३ साल कार्तिक २८ गते साँझ नगरपालिकाको क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको भन्दै मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा जाहेरी परेको थियो।

जाहेरी प्राप्त भएपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान तथा संलग्न व्यक्तिको पहिचान गर्ने कार्य अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोप लागेका लम्साललाई मंसिर ५ गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?