नक्कली हस्ताक्षरबाट गाउँसभाको नीति तथा कार्यक्रम पारित, गाउँपालिका अध्यक्ष पक्राउ
सर्लाही , २ मंसिर
वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् ।
५५ वर्षीय रायलाई मंगलबार साझ करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न २०८० असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
यसैक्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि गाउँपालिका अध्यक्ष रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





