सत्य, निष्पक्ष र विश्वसनीय

स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

न्युज डेस्क
२०८३ मंसिर ७, आईतवार ११:३५

सुनसरी, ६ मंसिर
सुनसरीको धरानमा स्कार्पियो गाडीबाट ४९९ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंसिर ५ गते राति करिब ११ः३० बजे धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।

इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियो गाडीमा लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

उक्त गाडीबाट ४९९ किलोग्राम गाँजा बरामद गरिएको हो।

प्रहरीले गाँजासहित स्कार्पियो चालक मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजय कुमार साहलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका साह र बरामद गरिएको गाँजासहित स्कार्पियोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?