सत्य, निष्पक्ष र विश्वसनीय

कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

न्युज डेस्क
२०८३ मंसिर ७, आईतवार १३:४८

धनुषा, ६ मंसिर  धनुषा प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले धनुषाधाम नगरपालिका ४, गौरीपुर टोलबाट ती महिलालाई पक्राउ गरेको हो।

प्रहरीले आज बिहान करिब ११ बजे सिरहाको कल्याणपुर नगरपालिका–५, निर्घना टोल निवासी अन्दाजी ४० वर्षीया गंगावती महतोलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनले आफ्नो कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली बाँधेर लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा फेला पारिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?