खैरो हेरोइन र ५२ हजार नगदसहित एक जना पक्राउ
२०८३ मंसिर १०, बुधबार ०९:५७
काठमाडौं ,९ मंसिर
सुनसरीको धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगदसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–११ निवासी ४८ वर्षीय प्रकाश तामाङ रहेका छन् ।

प्रहरीका अनुसार मंसिर ८ गते दिउँसो करिब ४:३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तामाङको घरको कोठामा खानतलासी गरेको थियो । सो क्रममा ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थ र नगदसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




