सत्य, निष्पक्ष र विश्वसनीय

रूपन्देही–कपिलवस्तु सडकखण्डमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

न्युज डेस्क
२०८३ श्रावण १३, बुधबार १०:५६

कपिलवस्तु, १३ साउन
कपिलवस्तुको तौलिहवा–बहादुरगंज सडकखण्डअन्तर्गत महाराजगंज नगरपालिका–२, गैडहवा चोक नजिक बुधबार बिहान भएको सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बहादुरगंजबाट तौलिहवातर्फ तीव्र गतिमा जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा लोड गरिएको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगंज नगरपालिका–३ निवासी ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। ट्रक र चालकलाई नियन्त्रणमा लिइएको तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?