सत्य, निष्पक्ष र विश्वसनीय

सिक्री लुटपाटमा संलग्न तामाङ प्रहरीको गोली प्रहारबाट पक्राउ

न्युज डेस्क
२०८३ श्रावण १७, आईतवार ०९:५६

काठमाडौं, १७ साउन
बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

साउन १६ गते राति करिब १०ः२५ बजे पक्राउ गर्ने क्रममा तामाङले साथमा रहेको खुकुरीबाट प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ। गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिएर उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ।

प्रहरीका अनुसार तामाङको साथबाट लुटपाटको घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?