सत्य, निष्पक्ष र विश्वसनीय

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

न्युज डेस्क
२०८३ श्रावण २१, बिहीबार १५:११

काठमाडौँ, २१ साउन
नेपाल सरकारले नागेन्द्र साहलाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम छनोटका लागि नागेन्द्र साह, कौशल केसी र सञ्जीवकुमार देवको नाम सिफारिस गरेको थियो। तीमध्ये साह नियुक्त भएका हुन्।
नागेन्द्र साह यसअघि नेपाल आयल निगममा पूर्व निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?