निलम्बनपछि जिम्मेवारीमा फर्किएको सात दिनमै मेयर सिंहले सार्वजनिक गरे छात्रवृत्ति नतिजा
वीरगञ्ज, ६ असोज
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निलम्बनपछि जिम्मेवारीमा फर्किएको एक सातामै कक्षा ९ र ११ को छात्रवृत्ति नतिजा सार्वजनिक गरेका छन्।
महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कक्षा ९ र ११ मा अध्ययन गर्ने विद्यार्थीलाई उपलब्ध गराइने छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको हो।

महानगरपालिकाका अनुसार छात्रवृत्ति छनोटसम्बन्धी प्रक्रिया पूरा गरी नतिजा सार्वजनिक गरिएको हो। छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीमध्ये निर्धारित मापदण्डका आधारमा छनोट प्रक्रिया सम्पन्न गरिएको महानगरले जनाएको छ।
मेयर सिंह तीन महिनाको निलम्बनपछि जिम्मेवारीमा फर्किएसँगै महानगरपालिकाले शिक्षा, सरसफाइ तथा अन्य सार्वजनिक सेवासँग सम्बन्धित कामलाई प्राथमिकतामा राखेर अघि बढाएको जनाएको छ।
महानगरपालिकाले छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तथा लक्षित समूहका विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





