सत्य, निष्पक्ष र विश्वसनीय

सहिदको न्यायका लागि सांसद खतिवडा भावुक, भनिन्– ‘न्याय पाएपछि एक सेकेन्ड पनि पदमा बस्दिनँ’

न्युज डेस्क
२०८३ आश्विन ६, मंगलवार १५:२६
सहिदको न्यायका लागि सांसद खतिवडा भावुक

काठमाडौं, ६ असोज
जेनजी आन्दोलनका सहिदका लागि न्याय माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा जेनजी सहिदकी आमा रचना खतिवडा प्रतिनिधिसभाको बैठकमा भावुक बनेकी छन्। मंगलबारको बैठकमा बोल्दै उनले आफू राजनीतिक पदको लोभले नभई सहिद परिवार र जेनजी आन्दोलनका पीडितको न्यायका लागि संसदमा आएको बताइन्।

खतिवडाले जेनजी सहिदहरूले पूर्ण न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन आफूलाई एक सेकेन्ड पनि हिचकिचाहट नहुने बताइन्। उनले जेनजी आन्दोलनमा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न र सहिद परिवारले चित्त बुझ्ने गरी सरकारले काम गर्न माग गरिन्। साथै, सहिदकी आमामाथि भइरहेको अपमानप्रति सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?