तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
काठमाडौं , ६ कार्तिक
चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । भूकम्पमा परी ३० जनाभन्दा बढी घाइते भएका छन् भने ३०० भन्दा बढी घर तथा संरचनामा क्षति पुगेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट भएको क्षतिबारे प्रारम्भिक विवरण सार्वजनिक गर्दै आपत्कालीन व्यवस्थापन ब्यूरोले मानवीय तथा भौतिक क्षतिको जानकारी दिएको हो ।
सिजाङ क्षेत्रको नाग्छु शहरअन्तर्गत बाकेन काउन्टीमा स्थानीय समयअनुसार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको नगरको आपत्कालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।
भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ । घटनापछि सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ भने भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ ।
भूकम्पका कारण थप मानवीय क्षति भएको हुन सक्ने आशंकाका बीच प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





