सत्य, निष्पक्ष र विश्वसनीय

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

न्युज डेस्क
२०८३ कार्तिक ८, शनिबार १०:०३

रुकुम पश्चिम, ७ कार्त!

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२, स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

प्राप्त विवरणअनुसार, शुक्रबार साँझ करिब ५:३० बजे स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकैको बाटोमा खेलिरहेका थिए। सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि बालकको टाउकोमा ढुङ्गा प्रहार गरेको बताइएको छ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि सुरुमा स्वास्थ्य चौकी पिपल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो। उपचारकै क्रममा शुक्रबार राति करिब १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

घटनापछि ढुङ्गा प्रहार गर्ने भनिएका भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको विवरणमा उल्लेख छ।

घटनाको कारण र अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?