सत्य, निष्पक्ष र विश्वसनीय

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बैंकिङ कसुरमा पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १८, मंगलवार २०:४१

काठमाडौँ, १७ कात्तिक

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बानियाँ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र दिक्षान्त बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन ललितपुरबाट पक्राउ अनुमति जारी भएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार पक्राउ परेका बानियाँलाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि बैंकिङ कसुरसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?