रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार रुपैयाँ बरामद, दुई जना प्रहरी नियन्त्रणमा
रौतहट, १८ कार्तिक
रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

रौतहटको ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले ३० लाख रुपैयाँ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गरेको थियो। सो क्रममा मोटरसाइकलमा लुकाइछिपाइ ल्याइएको ३० लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले मोटरसाइकल चालक भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाका ३० वर्षीय सनीकुमार जैसवाललाई नियन्त्रणमा लिएको छ।
बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





