काठमाडौंको लिक्विड लाउन्ज बारमा भीषण आगलागी, पाँच करोडभन्दा बढीको क्षति
काठमाडौं, २२ कार्तिक
दरबारमार्गस्थित होटल उडल्यान्डको हाताभित्र सञ्चालित लिक्विड लाउन्ज बारमा भएको आगलागीबाट बारका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। आगलागीबाट कम्तीमा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको सञ्चालकले बताएका छन्।
लाउन्ज बारका सञ्चालक सञ्जीव लामाका अनुसार आगलागी नियन्त्रणमा आइसके पनि बारभित्र प्रवेश गर्न सक्ने अवस्था छैन। आगलागीका कारण बारमा रहेका मदिरा, खानपिनका सामग्री, नगदलगायत सम्पूर्ण भौतिक सामान जलेर नष्ट भएका छन्।

लामाले विद्युत् सर्ट भएर आगलागी भएको बताएका छन्। उनका अनुसार होटल उडल्यान्ड रहेको भवनमा विद्युत् आपूर्तिसम्बन्धी समस्या यसअघि पनि देखिँदै आएको थियो।
आगो नियन्त्रणमा आए पनि उडल्यान्ड परिसरमा अझै धुवाँ उडिरहेको छ। घटनास्थलमा हाल तीनवटा दमकल तैनाथ रहेका छन्।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण तथा घटनाको थप कारणबारे भने खुल्न बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





