छठमा मात्रै होइन, विकास र अधिकारमा पनि मधेशलाई प्राथमिकता दिनुपर्छ : पूर्वमन्त्री प्रदीप यादव
वीरगञ्ज, २९ कात्तिक
पूर्वमन्त्री प्रदीप यादवले मधेशलाई छठ पर्वका अवसरमा मात्रै नभई विकास, अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा समेत प्राथमिकता दिनुपर्ने बताएका छन्।

छठ पर्व मनाउन मधेश भ्रमणमा आउने राष्ट्रिय नेताहरू, सभामुख तथा विभिन्न राजनीतिक दलका सभापतिहरूको चासोलाई स्वागत गर्दै यादवले मधेशका जनताको वास्तविक समस्या र आवश्यकतालाई सधैँ प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री यादवले संघीयता मजबुत बनाउने र मधेशलाई अधिकारसम्पन्न बनाउने विषयमा राज्य नेतृत्वको प्राथमिकता कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उनले मधेशको विकास र जनताको अधिकार सुनिश्चित गर्न राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्। मधेशलाई चाडपर्वका बेला मात्रै सम्झिने नभई वर्षभरि नै विकास, समृद्धि र अधिकारका सवालमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
यसैबीच, पूर्वमन्त्री यादवले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





