मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ
२०८३ मंसिर ७, आईतवार ११:५२
जनकपुरधाम , ६ मंसिर
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शनिबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।


यसअघि शनिबार नै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै यादवले प्रदेश सरकारको नेतृत्व सम्हालेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





