सत्य, निष्पक्ष र विश्वसनीय

लैङ्गिक हिंसाविरुद्ध नेपाल प्रहरीको १६ दिने अभियान सुरु, सातै प्रदेश र ७७ जिल्लामा सचेतनामूलक कार्यक्रम

न्युज डेस्क
२०८३ मंसिर १०, बुधबार १८:०७

काठमाडौं, ९ मंसिर

लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यसहित नेपाल प्रहरीले देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ।

अभियानअन्तर्गत नेपाल प्रहरीका सातै प्रदेश तथा ७७ जिल्लास्थित विभिन्न प्रहरी कार्यालयहरूले राष्ट्रिय नारासहित अभियानको शुभारम्भ गरेका हुन्।

यस वर्षको राष्ट्रिय नारा “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” रहेको छ।

हिंसामुक्त समाज निर्माण गर्ने प्रतिबद्धतासहित सञ्चालन गरिएको अभियान आगामी १६ दिनसम्म जारी रहनेछ। यस अवधिमा लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडितको संरक्षण गर्ने, हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहित गर्ने तथा पीडितलाई न्यायको पहुँच सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिने नेपाल प्रहरीले जनाएको छ।

अभियानले लैङ्गिक हिंसाविरुद्ध सामूहिक ऐक्यबद्धता कायम गर्दै हिंसामुक्त समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?