सत्य, निष्पक्ष र विश्वसनीय

नेपालका दुई ऐतिहासिक सरकारी उद्योग पुनः सञ्चालन हुने सम्भावना बलियो

न्युज डेस्क
२०८३ श्रावण ३, आईतवार १५:१७

बीरगंज ३ साउन
लामो समयदेखि बन्द रहेका वीरगञ्ज चिनी उद्योग र जनकपुर चुरोट उद्योग पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ। यी ऐतिहासिक सरकारी उद्योगहरूलाई पुनर्जीवित गर्ने विषयमा रुसी पक्षले चासो देखाएपछि सकारात्मक पहल अघि बढेको हो।
नेपाल सरकारसँग भएको छलफलमा उद्योगहरूको वर्तमान अवस्था, सञ्चालनको सम्भाव्यता तथा भविष्यका योजनाबारे विस्तृत रूपमा कुराकानी भएको स्रोतले जनाएको छ। साथै, प्राविधिक सहयोग, आधुनिक प्रविधि र सम्भावित लगानीमार्फत उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने विकल्पहरूबारे पनि छलफल भएको छ।
यदि यी उद्योगहरू पुनः सञ्चालनमा आए भने रोजगारी सिर्जना, स्वदेशी उत्पादन वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ। यसले औद्योगिक क्षेत्रलाई पुनर्जीवित गर्दै आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?