सत्य, निष्पक्ष र विश्वसनीय

जनकपुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, एक गम्भीर घाइते

न्युज डेस्क
२०८३ आश्विन २३, शुक्रबार १४:१८

जनकपुर, २३ असोज

जनकपुरधाम उपमहानगरपालिका–५ रहिम पथनजिक पुरानो रिसइबीका कारण भएको चक्कु प्रहारमा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोक निवासी २४ वर्षीय आमिन साफी रहेका छन्। घटनामा सोही स्थानका २५ वर्षीय इम्तियाज राईन गम्भीर घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार दुवै जनाको छाती तथा पेटमा धारिलो हतियार प्रहार गरिएको थियो। घाइते राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय मोहमद इलसाद खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?