सत्य, निष्पक्ष र विश्वसनीय

बिजया दशमीको मेलामा पूर्व नगरप्रमुख सरावगीद्वारा भुजा–चना वितरण

न्युज डेस्क
२०८३ कार्तिक ४, मंगलवार २०:५४
बिजया दशमीको मेलामा पूर्व नगरप्रमुख सरावगीद्वारा भुजा–चना वितरण

वीरगञ्ज, ३ कार्तिक
विजयादशमीको शुभ अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९, बिन्दवासनीमा प्रत्येक वर्ष आयोजना हुँदै आएको मेलामा पूर्व नगरप्रमुख विजय कुमार सरावगीले व्रतालु तथा मेला अवलोकन गर्न आउने श्रद्धालुहरूका लागि भुजा–चना वितरण गर्नुभएको छ।

धार्मिक आस्था र परम्परासँग जोडिएको उक्त मेलामा आउने श्रद्धालुहरूको सेवाभावले पूर्व नगरप्रमुख सरावगीले आफ्नै तर्फबाट भुजा–चना वितरण गर्नुभएको हो। उहाँको यस सेवामूलक कार्यले मेला अवलोकन गर्न आउने भक्तजनहरूलाई सहयोग पुग्नुका साथै धार्मिक तथा सांस्कृतिक परम्परालाई थप प्रोत्साहन मिलेको छ।

विजयादशमीको अवसरमा बिन्दवासनीमा लाग्ने मेलाले स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै आएको छ। मेलामा श्रद्धालुहरूको सहभागिताले यस पर्वको धार्मिक महत्त्व र सामाजिक सद्भावलाई समेत उजागर गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?