सत्य, निष्पक्ष र विश्वसनीय

मकवानपुरमा भारतीय नम्बरको गाडीबाट थप ९० किलोभन्दा बढी गाँजा बरामद

न्युज डेस्क
२०८३ कार्तिक १४, शुक्रबार २३:१५

हेटौँडा, १३ कात्तिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत कात्तिक १० गते दिउँसो करिब १ बजेर ३५ मिनेटको समयमा हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा प्रहरीले गाँजा बरामद गरेको हो।
रातोमाटे प्रहरी चौकीबाट खटिएको ट्राफिक प्रहरीसहितको चेकिङ टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR1AP6073 भएको सुमो गाडीलाई शंका लागेर जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको बोनट तथा चालकको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा ४२ किलो ४१० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
त्यसपछि थप लागूऔषध हुन सक्ने आशंकामा दक्ष मेकानिक्स झिकाई गाडीका विभिन्न पार्टपुर्जा खोलेर चेकजाँच गर्दा गाडीभित्र फल्स बटम बनाई लुकाइएको अवस्थामा थप ४७ किलो ६०० ग्राम गाँजा बरामद भएको हो।
प्रहरीका अनुसार उक्त सवारीसाधनबाट कुल ९० किलो १० ग्राम गाँजा बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?