पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
काठमाडौं , १० मंसिर
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसियामा नेपाली कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा उनलाई पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्दै यसबारे थप विवरण पछि सार्वजनिक गरिने जानकारी दिएको छ।

अर्याललाई कहाँबाट र कहिले पक्राउ गरिएको हो भन्ने विषयमा भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
यसअघि यही प्रकरणमा तत्कालीन दुई श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।
उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
मलेसिया कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन तथा विदेश पठाइएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा पूर्व मुख्यसचिव अर्यालसमेत पक्राउ परेका हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




