बारामा अभद्र व्यवहार आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव पक्राउ
बारा, १० मंसिर
बारामा अभद्र व्यवहार गरेको आरोपमा श्री भोला राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जयकिशुन प्रसाद यादव पक्राउ परेका छन्।

बारा जिल्लाको महागढीमाई नगरपालिका–३ निवासी ३८ वर्षीय यादवलाई प्रहरीले मंसिर ८ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार गन्जभवानीपुरमा कौडा खेलाउने क्रममा प्रहरी चौकी गन्जभवानीपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक बहादुर यादवसँग विवाद भएपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




