सत्य, निष्पक्ष र विश्वसनीय

साउने सोमबारका लागि पशुपतिमा गरियो सरसफाइ

न्युज डेस्क
२०८३ श्रावण ३, आईतवार ०७:०८

काठमाडौं , ३ साउन

पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो।

सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीय एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए।

शनिबारको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उहाँले बताए।

दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, बज्रघर, तिलगङ्गा र वनकाली क्षेत्रमा पनि सफाइ गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?