सत्य, निष्पक्ष र विश्वसनीय

पोखरामा स्कुल बस दुर्घटना, २१ विद्यार्थी मध्ये १८ घाइते ५ को मृत्यु

न्युज डेस्क
२०८३ आश्विन २३, शुक्रबार १०:०६

पोखरा, २३ असोज

पोखरा महानगरपालिका–२८, कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ।

सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको गण्डकी प्रदेशको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा करिब २१ जना विद्यार्थी सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरु गरेको छ। उद्धार गरिएका पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।

दुर्घटनामा घाइते हुनेको संख्या, उनीहरूको अवस्थालगायत घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?