सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा ४ लाखभन्दा बढी मूल्यका चोरीका गरगहना बरामद, एक महिला नियन्त्रणमा

न्युज डेस्क
२०८३ कार्तिक ४, मंगलवार ०६:१६
वीरगञ्जमा ४ लाखभन्दा बढी मूल्यका चोरीका गरगहना बरामद, एक महिला नियन्त्रणमा

वीरगञ्ज,३ कार्तिक
पर्साको वीरगञ्ज महानगरपालिका–६, गहवामाई मन्दिरको उत्तरतर्फ रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका करिब ४ लाख ११ हजार रुपैयाँ बराबरका गरगहना प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

प्राप्त विवरणअनुसार, मिति २०८३ साल असोज ३० गते दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–९, रानीघाट निवासी रञ्जित साह सोनारको हर्ष ज्वेलर्सबाट एक तोला सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल चोरी भएका थिए।

उक्त घटनापछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले चोरी भएका गरगहना बरामद गरेको हो। प्रहरीले घटनामा संलग्न एक महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?