सत्य, निष्पक्ष र विश्वसनीय

जेनजी आन्दोलनका क्रममा वीरगञ्ज बाल सुधार गृहबाट फरार कैदी पक्राउ

न्युज डेस्क
२०८३ मंसिर २, मंगलवार १६:४४

वीरगञ्ज , १ मंसिर

जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगञ्ज महानगरपालिका–४ स्थित मालपोत चोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–५, कालिका मन्दिर बस्ने २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (L) रहेका छन्।

प्रहरीका अनुसार सुर्खेत जिल्ला अदालतबाट अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा तथा बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए।

फरार रहेका उनलाई २०८३ कात्तिक ३० गते बिहान करिब ९ः३० बजे मालपोत चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?