जर्मनी फिफा विश्वकप २०२६ बाट बाहिरियाे
२०८३ असार १६, मंगलवार ०७:५७
बिरगंज , १६ असार
पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ ।
नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो ।
निर्धारित ९० मिनेटको समयमा जर्मनी र पाराग्वेबीच १-१ को बराबरी थियो ।
अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।
पेनाल्टी सुटमा पनि ३-३ को बराबरी भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो ।
त्यसमा जर्मनीका जोनाथ ताह पेनाल्टीमा चुके । पाराग्वेका जोस क्यानलेले गोल गरेपछि खेल जर्मनी पराजित हुन पुग्यो ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




