सत्य, निष्पक्ष र विश्वसनीय

वीरगंजमा निःशुल्क आँखा परीक्षण शिविर, ८५ जनाको परीक्षण गर्दा २५ जनामा मोतियाबिन्दु

न्युज डेस्क
२०८३ भाद्र ३१, बुधबार २०:५१

वीरगंज, ३१ भदौ

नेपाल नागरिक फाउन्डेसन पर्सा, वीरगंजको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका–११ श्रीपुरमा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।फाउन्डेसनका अध्यक्ष सुरज महतो धानुकको सभापतित्व तथा नेता सुन्दर कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा ज्येष्ठ नागरिक, अल्पसंख्यक तथा आर्थिक रूपमा कमजोर स्थानीय बासिन्दाहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो।फाउन्डेसनका अध्यक्ष धानुकले वडाबासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीरगंज सामुदायिक आँखा अस्पतालसँगको समन्वय र सहकार्यमा शिविर सञ्चालन गरिएको बताए। उनले आगामी दिनमा मोतियाबिन्दु लगायतका समस्याका लागि निःशुल्क शल्यक्रियाको समेत व्यवस्था गर्ने तयारी रहेको जानकारी दिए।वीरगंज सामुदायिक आँखा अस्पतालका चिकित्सक महेश सिंह धामीको नेतृत्वमा खटिएको प्राविधिक टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। टोलीमा राजेश चौधरी, श्रुति चौधरी र ओमप्रकाश दास थारू लगायतका स्वास्थ्यकर्मी सहभागी थिए।चिकित्सक धामीका अनुसार शिविरमा कुल ८५ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको उनले बताए। मोतियाबिन्दु देखिएका बिरामीहरूलाई थप उपचार तथा परामर्शका लागि शनिबार सम्बन्धित अस्पतालमा सम्पर्क गर्न सुझाव दिइएको छ।शिविरमा वीरगंज महानगरपालिका–११ का वडाध्यक्ष अजय चौरसिया, पूर्व वडाध्यक्ष प्रदुमन सेढाई, संस्थाका सचिव रामप्रीत महतो धानुक, कोषाध्यक्ष ज्ञानेन्द्र महतो धानुक, सदस्य राजकुमार महतो धानुक, राम शाह लगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?