सत्य, निष्पक्ष र विश्वसनीय

नदीमा बहाव बढ्ने पूर्वानुमान, ७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

न्युज डेस्क
२०८३ आश्विन ८, बिहीबार १८:४३

काठमाडौँ, ८ असोज
निरन्तर भइरहेको वर्षाका कारण आज देशभरका नदी तथा खोलामा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित प्रमुख नदी र तिनका सहायक नदीमा बहाव बढ्ने सम्भावना छ। हाल अधिकांश नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षासँगै जलसतह बढ्दै जाने अनुमान गरिएको छ।

महाशाखाका अनुसार काठमाडौँसहित ६५ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। ताप्लेजुङदेखि कालीकोटसम्मका विभिन्न जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ लगायतका जिल्लामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलाको तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?